त्रिपक्षीय भीडन्त हुने देखिएको बागमती प्रदेशमा अझैसम्म मतदान हुन सकेको छैन । विद्युत अवरोधका कारण मतपत्र छपाइ नसकिँदा मतदानमा ढिलाइ भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
समिति संयोजक केशव काफ्लेले मतदान सुरु गर्न ढिला हुने बताए ।
‘तयारी त बिहानैदेखि मतदान गर्ने भन्ने थियो । विद्युत अनियमित भइदियो । जसले गर्दा आवश्यक मतपत्र छपाइमा ढिला हुन पुग्यो’, फरकधारलाई काफ्लेले भने, ‘तर, ढिलै भए पनि आजै मतदान हुन्छ र गणना थाल्ने काम हुनसक्छ ।’
मतदान प्रदेश राजधानी हेटाैंडामा हुनेछ । यसअघि हिजो त्यहाँ मनोनयन दर्ता भएको थियो ।
संस्थापन (देउवा) पक्षबाट इन्द्र बानियाँ, इतर (पौडेल-सिंह-थापा) पक्षबाट जगदिश्वरनरसिंह केसी र तेस्रो धार भनिएको सिटौला पक्षबाट भीमसेनदास प्रधान प्यानलसहित चुनावी मैदानमा छन्।
प्रदेश अधिवेशनको उद्घाटन भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बिहीबार भर्चुअल माध्यमबाट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।