सुदूरपश्चिम कांग्रेस प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु, ३०० बढी मत खस्यो(फाेटाेफिचर)

सुदूरपश्चिम कांग्रेस प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । शनिबार विहान धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो । 

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा छन् । तीन सय बढीले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । प्रदेशमा एक हजार १७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाउने छन् ।

सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतरपक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्। 

यसैगरी संस्थापनइतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन् ।
 
मतदानस्थल निर्माण व्यवसायी स्थल अगाडिको सडक मतदाताहरूले खचाखच भरिएको छ । उम्मेदवारहरू आफ्नो पक्षमा मत पार्न मतदाताहरू रिझाउने काम गरिरहेका छन् । देउवा पक्षधरहरू आफ्नो पक्षमा मत पार्न नारावाजी समेत गरिरहेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ११:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया