ए डिभिजन लिग : बराबरीमा रोकिए संकटा र मनाङ

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएका छन् ।

उनीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा २-२ को बराबरी खेलेका हुन् ।

खेलको  ३१औं  मिनेटमा लक्ष्मण रूचालको फ्रिकिकमा  निरज बस्नेतले हेडमार्फत गोल गर्दै संकटालाई अग्रता  दिलाएका थिए ।

संकटाको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । ३५ औं मिनेटमा दयानन्द सिंहले मनाङलाई  १-१ को बराबरीमा ल्याए  ।
 
७०औं मिनेटमा फोडे फोफनाको क्रसमा उत्तम राईले हेडमार्फत गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफको थप गरिएको समयमा फ्रान्कलिन टालाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

यो नतिजासँगै मनाङले २ खेलममा ७ अंक जोड्दा संकटाको ५ अंक छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १५:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया