एमालेले जनताको मतलाई अपमान गर्यो, अब भोट माग्ने अधिकार छैन : मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् । एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री श्रेष्ठको जिकिर छ।

तनहुँमा आज आयोजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एव‌ं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए ।

'अघिल्लो निर्वाचनमा देशभरका जनताले करिब दुई तिहाइ मत दिएर कम्युनिस्ट पार्टीलाई सरकार चलाउ भनेर मत दिइरहँदा घमण्डी र पाखण्डी नेताहरूले दुई/दुई पटकसम्म संसद विघटन गरेर जनताको मतलाई अपमान गरे । नेकपा एमालेलाई अब गाउँगाउँमा पुगेर भोट माग्ने कुनै अधिकार छैन् । यसकारण एमालेलाई जनताको विश्वास चाहिएको छैन् । चाहिएको छ त कुम्भ मेला,’ उनको प्रस्टोक्ति थियो ।

उनले हालै चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनलाई कुम्भ मेलाको संज्ञा दिएका हुन् ।

शुक्लागण्डकी नगरपालिका–३ को वडा कार्यालय भवन उद्घाटन गर्न आएका मन्त्री श्रेष्ठले एमालेले राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्न नसकेको टिप्पणी पनि गरे ।

‘चितवन महाधिवेशन कोटको खल्तीबाट नाम सरररररर पढेर सकियो । कमरेड भीम रावल, घनश्याम भूसाललगायतले यस्तो काम हुँदैन हामी चुनाव लड्छौँभन्दा धम्क्याउने, तर्साउने, चुनाव लड्न पाइँदैन् भने, कहाँको प्रजान्त्रिक अभ्यास हो यो ? जनताको बीचमा जान सक्नुपर्छ,’ उनले भने ।



वडा कार्यालयको भवन निर्माण पूरा भएको डेढ वर्ष भइसकेको छ । कार्यालयले यहीबाट सेवा प्रवाह गर्न थालेको पनि झण्डै डेढ बर्ष भइसकेको छ । मन्त्री वडा कार्यालयमा आउने भएपछि दुलेगौंडा हर्कपुर मोटरमार्ग मर्मत गरिएको छ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १५:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया