कमल थापालाई रेखाको कटाक्ष - एउटी नेतृ मात्र उहाँको प्रियसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीको उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाले अध्यक्षका उम्मेदवार कमल थापामाथि कडा कटाक्ष गरेकी छन् । रेखाले कमल थापाले एउटी महिलालाई मात्र आफ्नो प्रियसी बनाएर बाँकी महिला नेतृलाई बन्देज लगाउन खोजेको आरोप लगाइन् ।

महामन्त्री पदका लागि कुन्ती शाही र रेखाबीच प्रतिस्पर्धा भइरहेको छ । कुन्ती कमल थापाका तर्फबाट उम्मेदवार बन्दा रेखा भने राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । थापाले एउटा नेतृलाई मात्र आफ्नो प्रिय, प्रियसी बनाउँदा आफूले विद्रोह गर्नुपरेको प्रष्ट पारिन् ।

भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै रेखाले भनिन्, 'अरू महिला नेतृ उहाँको लागि कोही पनि होइनन्, एउटै नेतृ मात्र उहाँको लागि प्रियतम, प्रियसी, प्रिय पात्र हुन्छ भने अरू नेतृहरू कहाँ गएर बस्छन् ?'

आफू पनि थापाको कार्यकर्ता भए पनि उनले सिण्डिकेट लगाएर अघि बढिरहेको आरोप लगाइन् । 'कमल थापाको नेता र कार्यकर्ता म पनि हो नि । अनि हामीलाई सिन्डिकेट लगाउने ? एउटा युवा नेता अगाडि बढ्छ भनिरहँदाखेरी उहाँले त आर्शिवाद दिनुपर्ने हो नि । दुईवटा नेताले त त्याग्नुभयो त, उहाँले चाहिँ के को लागि कब्जा गर्नुपर्ने हो ?' रेखाले भनिन् ।

थापाकै कारण पार्टी ३३ सिटबाट १ सिटमा खुम्चिएको आरोप रेखाले लगाइन् । आफूविरुद्ध शाहीले बोलेको कुरामा समेत उनले आपत्ति जनाइन् । एउटा नेताको चाकडी गरेर कोठे राजनीति गरेको भन्दै उनले कुन्तीलाई सचेत गराइन् ।

आफूले सामाजिक अभियान चलाइरहँदा कुन्तीले भने एउटा नेतालाई खुसी बनाएर पार्टीमा अन्य नेतृलाई अघि बढ्न नदिएको आरोपसमेत रेखाको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १६:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया