‘ओमिक्रोन’को संक्रमण देखिएका नौ मुलुकका यात्रुलाई नेपाल प्रवेशमा रोक

सरकारले कोभिड १९ को नयाँ भेरियन्ट 'ओमिक्रोन'को संक्रमण देखिएका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । 

मन्त्रिपरिषद्को यही मंसिर १३ को बैठकले ती मुलुकबाट नेपाल प्रवेशमा रोक लगाएको हो । 

सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । 

भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ । सरकारले भारतबाट आउने यात्रुलाई भने प्रतिबन्ध लगाएको छैन । 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १७:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया