ए  डिभिजन लिग : बराबरीमा राेकिए च्यासल र एनआरटी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे दोस्रो खेलमा  च्यासल युथ क्लब र न्युराेड टिम (एनआरटी) बराबरीमा राेकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा च्यासल अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे ४३औँ मिनेटमा रुमेश बर्ताैलाकाे गाेलमार्फत च्यासलले अग्रता लिएकाे थियाे ।

७८औँ  मिनेटमा  दिपेश घलेले गाेल गर्दै एनआरटीलाई बराबरीमा ल्याए ।

याे नतिजासँगै च्यासलले ३ खेलमा ४ अंक जाेड्दा एनआरटीको २ अंक छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १८:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया