कोरोनाभाइरसको सबैभन्दा बढी खतरानक मानिएको भेरियन्ट ओमिक्रोनका थप संक्रमित भारतमा भेटिएका छन् । भारतमा ओमिक्रोनका संक्रमित भेटिएको यो तेस्रो पटक हो । यसअघि दुई जनालाई भारतमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमण भएको पुष्टि भएको थियो ।
यसअघि कर्नाटकमा ओमिक्रोन संक्रमित भेटिएका थिए । अब भारतको गुजराजमा ओमिक्रोनका संक्रमित भेटिएका हुन् ।
७२ वर्षका यी संक्रमितको जिनोम सिक्वेन्सिङबाट ओमिक्रोन संक्रमण भएको पुष्टि भएको भारतले जनाएको छ ।
ओमिक्रोन कोरोनाको पछिल्लो भेरियन्ट हो । यसको म्युटेसन निकै तीव्र भएकाले यसको विषयले विश्वभर चिन्ता फैलाएको छ । अहिलेसम्म यो भेरियन्ट कम्तिमा पनि २५ देशमा भेटिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।