राप्रपा महाधिवेशन : अझै १५ सय मत खस्न बाँकी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले अझै लम्बिने भएको छ । 

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म २९ सय मत खसेको छ । अझै १५ सय मत खस्न बाँकी रहेको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् । 

राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।

उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदान अन्योलमा परेको बताइएको छ । मतदानका लागि बढीमा १५ मिनेट लाग्नेमा प्रतिनिधिले आधा घण्टासम्म लगाउने गरेका छन् ।

निर्वाचन अधिकृत बस्नेतले आजै मतदान सकेर राति नै मतगणना गरिने बताए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया