भारतमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेलापरेको छ । पछिल्लोपटक गुजरातमा फेलापरेका एक वृद्धसँगै भारतमा ओमिक्रोनका तीन संक्रमित पुगेका छन् ।
पश्चिमी राज्य गुजरातका अधिकारीहरूले २८ नोभेम्बरमा जिम्बाबेबाट भारत फर्किएका ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएका छन् ।
भारतीय मूलका ती व्यक्ति दशकौँदेखि जिम्बावेमा बसोबास गर्दै आएका थिए।
यसअघि बिहीबार कर्नाटकमा दुई संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दक्षिण अफ्रिकाबाट फर्किएका ६६ र ४६ वर्षीय दुई व्यक्ति यसअघि संक्रमित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।