कांग्रेस प्रदेश अधिवेशनः कर्णालीको मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने
फरकधार / १८ मंसिर, २०७८

नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । कर्णालीको निर्वाचनमा ७ सय ५६ जनाले मतदान गरेका छन् ।



कांग्रेस अधिवेशनका लागि कर्णालीका १० वटै जिल्लाका प्रदेश प्रतिनिधि, क्षेत्रीय सभापति, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि तथा अन्य प्रतिनिधिलगायतले मतदान गरेका हुन् । 

कर्णालीमा कूल ७ सय ७३ जना मतदाता रहेका थिए । यीमध्ये ७ सय ५६ जनाले मतदान गरेका छन् ।



मतदान सहायक अधिकृत नारायण कँडेलले फरकधारलाई दिएको जानकारीअनुसार अब केही समयमा त्यहाँ मतगणना सुरु हुनेछ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २२:५१:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया