कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा) समूहका हुन् ।

कुल खसेको ७ सय ५४ मतमध्ये शाहीले ४ सय २२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे । त्यस्तै, अर्का सभापतिका उम्मेदवार मोतीराज बमले ७ मत पाए । 

८ मत बदर भने भएको छ ।

भूपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल) समूहबाट उम्मेदवार बनेका थिए । मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधि समूहका हुन् ।

सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यको मतगणना जारी छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ६:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया