स्पेनिस ला लिगाअन्तर्गत घरेलु टोली बार्सिलोना रियल बेटिससँग १–० गोलले पराजित भएको छ ।
गएराति क्याम्प नाउमा भएको खेलमा जुआनमीले ७९ औं मिनेटमा गोल गर्दै बेटिसलाई जित दिलाउन सफल भए ।
१६ खेलमा ३० अंक जोडेको बेटिस तेस्रो स्थानमा उक्लिँदा बार्सिलोना २३ अंकका साथ सातौं स्थानमा छ ।
लिगअन्तर्गत शनिबार नै भएको खेलमा एट्लेटिको मड्रिडले रियल मालोर्कासँग २-१ ले पराजित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।