प्रिमियर लिग : वार्टफाेर्डलाई हराउँदै सिटी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ । 

गए राति सम्पन्न भएको खेलमा सिटीले वार्टफाेर्डमाथि ३-१ गोल अन्तरले पराजित गरेको हो । 

सिटीका लागि बर्नार्दो सिल्भाले दुई र रहिम स्टर्लिङले एक गोल गरे । वार्टफाेर्डका चुचो हर्नान्डेजले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै स्टर्लिङले गोल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा सिल्भाले गोल गरी सिटीको अग्रता दोब्बर बनाए । सिल्भाले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३–० को बन्यो।

खेलको ७४औं मिनेटमा हर्नान्डेजले सिटीविरुद्ध गोल फर्काए पनि हार टार्न भने सकेनन् । 

खेलमा जित हासिल गरेसँगै १५ खेलमा ३५ अंक जोडी सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित वार्टफाेर्ड १३ अंकसहित तालिकाको १७औं स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ७:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया