‘ए’ डिभिजन लिग : आर्मी र ब्रिगेड भिड्दै

सहिद स्मारक ‘ए’  डिभिजन लिग फुटबलको तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्र खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबकाे सामना गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ पाैने पाँचबाट सुरु हुनेछ । आज दुबै टाेली तीन अंक जोड्ने योजनामा हुनेछन् ।

पहिलो जितको खोजीमा रहेकाे आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा छ । 

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ तथा दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

बलियो टिम आर्मीविरुद्ध मैदान उत्रिँदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । 

ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा  छ ।



पहिलो खेलमा एपिएफलाई ३-२ गोल अन्तरले हराएको ब्रिगेडले दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:२४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया