स्पेनिस ला लिगाअन्तर्गत शनिबारको खेलमा रियल मड्रिडले घरेलु टोली रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।
रियल एरिनामा रियललाई जित दिलाउन भिनिसियस जुनियर र लुका जोभिचले १-१ गोल गरे ।
खेलको ४७औं मिनेटमा जुनियरको गोलमार्फत् रियलले अग्रता लिएको थियो । ५७औं मिनेटमा जोभिचले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा रियलले सहज जित हात पारेको हो ।
जितसँगै रियल १६ खेलमा ३९ अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा सोसिडाड २९ अंकका साथ पाँचौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।