लिग वान : लेन्ससँग बराबरीमा राेकियाे पिएसजी

फ्रेन्च लिग वान अन्तर्गत शनिबारकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु टाेली लेन्ससँग बराबरीमा राेकिएकाे छ ।

डेलिलिस फ्रान्समा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन।

लेन्सले ६२औं मिनेटमा सेको फोफनाको गोलबाट अग्रता लिएको थियो । उनले चिक ओउमार डोउकौरेको पासलाई सदुपयाेग  गरे  ।

हारतर्फ उन्मुख पिएसजीलाई जर्जिन्हाे विज्नाल्डमले थप गरिएकाे समयमा गोल गर्दै हारबाट जोगाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । 

याे नतिजापछि पिएसजी १७ खेलमा ४२ अंक जाेडेर शीर्ष स्थानमा कायम रहँदा लेन्स २७ अंकका साथ पाँचौ स्थानमा  छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया