सुदूरपश्चिम कांग्रेस  सभापतिमा संस्थापन पक्षका बलायरको​ विजय निश्चित, कसले कति मत पाए ?

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायरको विजय निश्चित भएको छ ।

९ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३ सय ७९ पुगेको छ । निर्वाचन समितिका अनुसार ९७ मतगणना गर्न बाँकी भए पनि बलायर फराकिलो मतान्तरले अगाडि रहेकाले विजय निश्चित भएको हो ।

हालसम्म बलायरले ६३९ मत र इतर पक्षका मिश्रले २५० मत पाएका छन् । उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जित सुनिश्चित भएको छ ।

खसेको मत १००३ 

मतगणना ९०६ 

सभापति 



वीरबहादुर बलायर–६२९ 

नारायण दत्त मिश्र –२५०



उपसभापति 

गोपाल सिंह गुरुङ –२५२

जनकराज चौधरी –५५६

मानबहादुर रावल –२३७

लोकराज अवस्थी –४७५

हिमबहादुर रावल–१०८

महामन्त्री 

नरनारायण शाह मनु –५८६

प्रताप गुर्धामी–१९५

मेघराज खड्का –५८३

रामबहादुर शाही –२७५

सहमहामन्त्री 

गोपाल दत्त भट्ट–४८२

चिन्तामणि भट्ट –४८४

नरेन्द्र प्रसाद भट्ट–१९४

पदमराज पन्त –२२८

लक्ष्मणबहादुर शाही – १४०

हर्कबहादुर स्वार–६६

सहमहामन्त्री (महिला)

अम्बिकाकुमारी चलाउने–६२४

खिना भण्डारी –२००

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ११:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया