बागमती प्रदेश सभापतिमा बानियाँलाई सिटौला पक्षका प्रधानको समर्थन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो ।

पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।

पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । 

प्रधानले एक सय ९७ मत ल्याएका थिए । उनी कृष्णप्रसाद सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका थिए । केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ ।

दोस्रो स्थानमा मत पाउने संस्थापन इतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । ​पुन: मतदान हुने भएपछि कांग्रेस नेता प्रकाशमान सिंह हेटौँडा आइपुगेका छन् ।

आफ्नो समूहबाट उठेका केसी पहिलो चरणमा दोस्रो भएपछि सिंह हेटौँडा आइपुगेका केसीनिकट एक  नेताले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ११:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया