दिल्ली आइपुग्यो ओमिक्रोन, भारतमा ओमिक्रोन संक्रमितको संख्या पाँच पुग्यो

भारतको नयाँदिल्लीमा एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पाइएको छ । 

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले यसको पुष्टी गरेका हुन् । हालसम्म एक व्यक्तिमा मात्र संक्रमण देखिएको उनले जानकारी दिएका हुन् । 

नयादिल्लीमा ओमिक्रोनको संक्रमण भएका व्यत्ति अफ्रिकी राष्ट्र तान्जानीयाबाट फर्केका हुन् । ३७ वर्षीय उनलाई एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ । 

योसँगै भारतमा हालसम्म पाँच जनामा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । बैंङ्लुरमा दुई, मुम्बईमा एक, जामनगरमा एक र नयाँदिल्लीमा एक जनामा संक्रमण भएको पाइएको हो ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १२:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया