सकियो ‘बाबरी’को छायांकन

नेपाली कथानक चलचित्र ‘बाबरी’को छायांकन सकिएको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रकाे छायांकन कोरोना अघि नै सुरु भएको थियो । छायांकनकै क्रममा कोरोना महामारीका कारण देश लकडाउनमा गयो । त्यसपछि रोकिएको ‘बाबरी’ हालै छायांकन सकिएको हो ।

चलचित्रमा मोरङ, झापा र सिक्किमका दृष्य देख्न पाइने छ । ३८ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

‘बाबरी’मा अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १४:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया