अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शनिबारको निर्वाचनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्‍देनसहित पदाधिकारीहरूले आइतबार काठमाडौंमा आयोजित एक समारोहका बीच शपथ लिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङ्देनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिएका थिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरू र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले शपथ खुवाएका थिए । उनीहरूले ईश्वरको नाममा शपथ लिएका थिए । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङ्देनसहितका पदाधिकारी र केन्द्रिय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १६:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया