प्रदेश २ का कानुन व्यवसायीहरूले सोमबारदेखि बहस नगर्ने

प्रदेश २ का कानुन व्यवसायीहरूले सोमबारदेखि बहस नगर्ने निर्णय गरेका छन् ।

प्रदेशभरिका बार एसाेसिएसनका पदाधिकारीहरूको आइतबार जनकपुरधाममा बसेकाे बैठकले सोमबारदेखि बहस नगर्ने निर्णय गरेको हो ।

नेपाल बार एसाेसिएसन जनकपुरधामका अध्यक्ष अधिवक्ता किशोरी साहको अध्यक्षतामा सम्पन्न भएकाे बैठकले गोलाप्रथाबाट पेशी नभएसम्म आगामी शुक्रबारसम्म बहस नगर्ने निर्णय गरेकाे बताएकाे छ ।

उच्च अदालतसहित जिल्ला अदालतको मुद्दाको पेशी गोलाप्रथाबाट हुनुपर्ने उनले माग गरेका छन् ।

शुक्रबारसम्म पनि गोलाप्रथाले पेशी नतोकेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरू तय गरिने बार एसाेसिएसनले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया