‘म ठूलो हुँ’ भन्ने भाव नराख्न नवनिर्वाचित नेतृत्वलाई डा. लोहनीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । 

आइतबार राजेन्द्र लिङ्देन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुनेबित्तिकै म ठूलो भएँ भन्ने भावना पाल्न नहुने बताएका हुन् । उनले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टीभित्र सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

निवर्तमान अध्यक्ष लोहनीले एक वर्ष भित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभएपनि सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाब दिए । 

उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान गर्दै अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । राप्रपालाई राष्ट्रको एउटा अग्रणी शक्तिको रुपमा नेपालको रुपान्तरण गर्ने शक्तिको रुपमा स्थापित गर्नका लागि सबैले नयाँ नेतृत्वलाई बल दिनुपर्ने बताए । 

निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउँदै अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया