राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
आइतबार काठमाडौंमा शपथ ग्रहण गर्दै उनले दुईपटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताको भावनामाथि चोट नपुर्याई आफ्नो पार्टीलाई बलियो बनाउने बताए ।
अध्यक्ष लिङ्देनले ‘यो मोरो पनि बदमास रहेछ’ भन्ने नपार्ने दृढता समेत व्यक्त गरे । उनले अनुभवी नेताहरुको साथ लिएर पार्टीमा गल्ती नगरी अघि बढ्ने बताए ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए । अब पार्टीभित्र कुनै पनि गुट नभएको उनको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।