लोहनीले गरे लिङ्देनको तारिफ, भने- पार्टीले पाको नेता पायो

राप्रपा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङ्देनसहित क्षमताशील र पाको नेता पार्टीले पाएको बताएका हुन् ।

अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने, ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’

आफूले वर्तमान नेतृत्वलाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’

राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उनको विश्वास छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया