नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा गुरुराज घिमिरेले अग्रता कायम गरेका छन्।
विराटनगरमा आइतबार दिउँसो दुई बजेपछि सुरु भएको मतगणनामा संस्थापनइतर पक्षका घिमिरेले प्रारम्भिक अग्रता लिएका हुन्।
दुई सय मत गणना हुँदा घिमिरेले १०८ मत ल्याएका छन् भने अर्का उम्मेदवार उद्धव थापाले ८३ मत ल्याएका छन्।
यसअघि घिमिरे र थापाको मतान्तर १३ थियो । अहिले बढेर २५ पुगेको छ । अघिल्लोपटकमा भएको मनान्तरमा झण्डै दोब्बरले बढी भएको छ ।
सभापतिका उम्मेदवार घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहले पनि समर्थन गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।