ओमिक्रोन रोकथाममा आवश्यक तयारी थाल्न सरकारलाई निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन रोकथाममा आवश्यक तयारी थाल्न सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति जयपुरी घर्तीले विश्वका विभिन्न देशमा ओमिक्रोन फैलिएको भन्दै नेपालमा भित्रिन नदिने सबै उपाय अवलम्बन गर्न निर्देशन दिएकी हुन् । उनले ओमिक्रोन रोकथाममा आवश्यक योजनासहित अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

भारतमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको भन्दै उनले नाकामा खोप कार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था मिलाउन आग्रह गरिन् । छ। नेपालमा भारतबाट आवतजावत बढी हुने भएकाले ओमिक्रोनबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो । 
 
उनले घर–घरमै पुगेर जेष्ठ नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी छिन् । कोरोनाविरुद्धको खोपलाई छिटोभन्दा छिटो आमनागरिकमा पुर्याउनुपर्ने उनको भनाइ थियो।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया