कांग्रेस महाधिवेशन : बागमती प्रदेशको पुनः मतदानमा ५८ मत कम खस्यो

नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत भएको सभापतिको पुनः मतदान प्रक्रिया भर्खरै सकिएको छ । आइतबारको पुनः मतदानमा २०२५ जनाले मतदान गरेका छन् । 

यो संख्या हिजो खसेको मत भन्दा ५८ कम हो । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको मतदानका लागि आइतबार साँझ ५  बजेसम्मको समय तोकिएको थियो। 

हिजो भएको मतदानमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ, जगदीशनरसिंह केसी र भीमसेन दास प्रधानले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज दिउँसो पुनः मतदानको कार्य तालिका सार्वजनिक गरिएको थियो ।

सभापतिका उम्मेदवार भीमसेन दास प्रधानले इन्द्रबहादुर बानियाँलाई समर्थन गरेपछि बानियाँ र केसीबीच द्विपक्षीय प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीको भने मतगणना भएको छैन । 

सभापतिको पुनः निर्वाचनको मतगणना केही समयमै सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १८:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया