मतदाता नामावली संकलन अभियानलाई सघाउन एमालेको सर्कुलर

नेकपा एमालेले आगामी दश दिनसम्म प्रत्येक पालिका केन्द्रमा हुने मतदाता नामावली संकलन अभियानलाई सक्रिय रूपमा सघाउन सर्कुलर जारी गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले सर्कुलर जारी गर्दै निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन अभियानलाई सघाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सर्कुलरमा आफ्नो पालिकाभित्रका १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेरित, प्रोत्साहित र आवश्यक सहयोग गर्ने कार्यकर्तालाई भनिएको छ । त्यस्तै महासचिव पोखरेलले यस अभियानमा निर्वाचन आयोग, निर्वाचन कार्याल र कार्यमा संकलन कर्मचारीसँग आवश्यक समन्वय र सहयोग गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोगले १७ मंसिरबाट देशभर मतदाता नामावली संकलन अभियान सुरु गरेको छ । निर्वाचन आयोगले मतदाताहरूलाई सजिलो होस भन्‍नका लागि आफू बसेको ठाउँबाटै नामावली भर्ने व्यवस्था गरेको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १८:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया