ए डिभिजन लिग : आर्मीको कष्टकर जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेट ब्वाइज (बीबीसी)लाई पराजित गर्दै पहिलो जित निकालेको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले बीबीसीलाई १–० अन्तरले पराजित गरेको हो । आर्मीका लागि भरत खवासले ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भरतले सन्तोष तामाङले बक्सबाहिरबाट दिएको बललाई पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए ।

खेलमा दुवै टोलीले मौका बनाए पनि गोल गर्न सकेनन् । २६ मिनेटमा बिबिसीका शिशिर लेखीले प्रहार गरेको बल क्रसबारमाथिबाट गएको थियो ।

३२औँ मिनेटमा आर्मीका जगजित श्रेष्ठले हानेको बल बीबीसीका  डिफेन्डरले क्लियर गरेका थिए । ६२ औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीको प्रहार गोलकिपुर पूर्ण लिम्बुले बचाएका थिए ।

त्यस्तै, थपिएको समयको दोस्रो मिनेटमा टंक बस्नेतको हेडर पोलमा ढोकिएर बाहिरिएको थियो ।

बीबीसीका प्रशिक्षक  सनोज श्रेष्ठ भन्छन्, हाम्रो सानो गल्तीले गोल खान पुग्यौँ । खेल भने एकदमै प्रतिस्पर्धी खेल्यौँ ।'



आर्मीका प्रशिक्षक नवीन न्यौपानेले  भन्छन्, 'हाम्रो लागि यो तीन अंक एकदमै महत्त्वपूर्ण थियो । अब अंक तालिकाको शीर्षमा रहेका टोलीलाई चुनौती दिन सक्छौँ ।'



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १९:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया