कांग्रेस प्रदेश- १ को सभापतिमा ६ सय मत गणना हुँदा गुरुराज घिमिरे २३ मतले अगाडि भएका छन् । उनले २९९ र उद्धव थापाले २७६ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा गोबिन्द प्रसाद ढुंगानाले २५७, टंकप्रसाद राईले २८३, रमेशजंग रायमाझीले २९१ र बिश्वनाथ रिजालले २३३ मत पाएका छन् । यस्तै, महामन्त्रीमा उमेश थापाले २७९, दिपनकुमार श्रेष्ठले २६५, पदम सुन्दर पालुङ्गवाले २६९ र भुपेन्द्र राई २६६ मत पाएका छन् ।
सहमहामन्त्रीमा प्रमिला गछदारले २७८, सीता कार्कीले २७२, खड्ग फागोले ३४५, रोहित कुमार शाहले २२७, बिनोद कुमार बस्नेतले २६४, विरकाजी राईले २२८ र शुभचन्द्र राईले २१ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।