बाजुरा अटो दुर्घटना अपडेट : मृतकको सनाखत

बाजुरा बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटनामा हुँदा २ जनाको मृत्यु छ । प्रहरीका अनुसार बुढीगंगा नगरपालिका वडा नम्बर १ बस्ने ६२ वर्षीय खगेन्द्र उपाध्याय र ६० वर्षीय प्रकाश नेपाली रहेका छन् । 

घाइते हुनेहरुमा बुढीगंगा नगरपालिका २ बल्दे बस्ने ३४ बर्षीया धनबहादुर केसी र बुढीगंगा नगरपालिका वडा नम्बर १ का धनबहादुर खत्री रहेका छन् । 

घाइतेको अवस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अटो चालक खेमराज उपाध्याय भने फरार रहेका छन् ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँझ  ५ बजे दुर्घटना भएका हो । अटो सडकबाट दुई सय किलोमिटर तल बुढीगंगा नदीमा परेको जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १९:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया