नेपाली कांग्रेस गण्डकी प्रदेशको निर्वाचनमा महामन्त्री पदका उम्मेदवार रहेका प्रदेशका एक मन्त्री पराजित भएका छन्।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्का महामन्त्रीमा पराजित भएका हुन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका खड्का ११ मतले पराजित भएका हुन्।
प्रदेश महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर विजयी भएका छन् । विजेता दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन्।
कांग्रेस प्रदेशमा २ जना महामन्त्री हुने व्यवस्था छ। खड्काले ५५६ मत ल्याएका थिए। खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन्।
२०७४ सालको संसदीय निर्वाचनअघि खड्का अखण्ड नेपाल पार्टीका अध्यक्ष रहेका थिए । नेपाली कांग्रेससँग पार्टी एकता गरेका उनलाई कांग्रेसले समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनाएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।