२०२१ एसियन युथ पारा गेम्समा नेपालको ऐतिहासिक सफलता

नेपाली पारा तेक्वान्दो खेलाडीले ऐतिहासिक जित हाँसिल गरेका छन् । बहराइनको मनमास्थित द आर्ट होटलमा सञ्चालन भएको खेलमा नेपाली खेलाडीले १ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका हुन् ।

एसियली यूथ पारा खेलकुद २०२१ बाट पारा ओलम्पियन पलेशा गवर्धनले स्वर्ण पदक र सृजन घिसिङले रजत पदक हात पारेका छन् भने विशाल गर्वुजाले कास्य पदक जित्न सफल भएका हुन् ।

१९९८ मा १३ औँ एसियन गेममा नेपाली तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेदेखि नेपाली तेक्वान्दो खेलमा एसियाली खेलकुदबाट कुनै ठूलो पदक हात पार्न सकेको थिएन ।

उक्त खेलको बहराइनमा कार्यरत कार्यवाहक राजदूत अरुणा घिसिङले अवलोकन गरी विजेता खेलाडीहरूलाई बधाई दिएकी थिइन् । नेपालका लागि प्रशिक्षक कविराज नेगी लामाले प्रशिक्षण दिएका थिए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया