जालिम मियाँलाई एमालेमा प्रवेश गराउन ओली वीरगञ्ज आउँदै

आउँदो पुस ८ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पर्सा जिल्ला आउने भएका छन् । विभिन्न राजनीतिक दल परित्याग गरेकाहरूलाई एमालेमा प्रवेश गराउन ओली पर्सा आउन लागेका हुन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ अहिलेसम्म प्रवेश गर्नेहरूको लिस्टमा चर्चित नाम हो । गाउँपालिकाका अध्यक्षसमेत रहेका जालिमसँगै सयौँको संख्यामा पार्टी प्रवेश हुन लागेको बताइएको छ ।

मियाँ स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । कुनै समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग राम्रो सम्बन्ध रहेको थियो ।

विभिन्न चरणमा चलेको वार्तापछि यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका चर्चित नेताहरूलाई एमाले प्रवेश गराउने तयारी गरिएको हो । वीरगञ्ज, बहुदरमाई, पकाहा, पोखरीया, पर्सागढी, कालीकामाई, विन्दवासिनी, पर्टेवालगायतका पालिकाका पुराना दलका नेताहरूसमेत एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् ।

मियाँलाई पार्टीको केन्द्रीय सदस्य बनाइने आन्तरिक सहमतिपछि उनी एमालेमा जान तयार भएका हुन् । पार्टी प्रवेशबारे एमाले अध्यक्ष शर्मासँग भेट गरी वास्तविक जानकारी गराइएको हो । भेटमा केन्द्रीय सदस्यहरू निर्मला देवकोटा, प्रभु हजरा, जिल्ला सचिव मनोज गुप्ता, जालिम मियाँलगायतको उपस्थिति रहेको थियो ।

पार्टी अध्यक्ष ओलीले ३ महिना देशभरबाट विभिन्न दल परित्याग गरेका व्यक्तिहरूलाई एमाले प्रवेश गराउने पूर्वघोषित निर्णयअनुसार मियाँ पार्टी प्रवेश गर्न लागेको कुरा केन्द्रीय सदस्य राजकुमार गुप्ता बताए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया