नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।
जारी मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवारले सभापति देउवा पक्षका उममेदवारलाई पछि पारेका छन् ।
९१६ को गणनामा पौडेल पक्षका अमरसिंह पुनले ४९४ मत ल्याएका छन् । शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ४१३ मत पाएका छन् ।
१ हजार ६३१ मत खसेकोमा दुईतिहाइ मत गणना भइसकेको छ । एकतिहाइ मत गन्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।