कांग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार ८५२ मत ल्याउँदै पुन प्रदेश सभापतिमा विजयी भएका हुन् । रोल्पा कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

पुनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत ल्याए । प्रतिनिधिसभा सांसदसमेत रहेका उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
 
प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुनकै प्यानलबाट निर्वाचित भएका छन् ।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मतका साथ विजयी भएका छन् । महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर निर्वाचित भएका छन् ।

सहमहामन्त्रीमा निमा गिरी ८३०, विष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याउँदै जित हासिल गरे । 

लुम्बिनीमा १ हजार ६ सय ४८ मतदाता रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।   





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ६:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया