कांग्रेस गण्डकी : सहमहामन्त्रीसहित लमजुङका पाँचजना निर्वाचित

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति पदाधिकारीमा सहमहामन्त्रीसहित पाँच पदमा लमजुङबाट निर्वाचित भएका छन् ।

सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे ६१८ मत ल्याएर निर्वाचित भएका हुन् । सदस्यमा लमजुङका चारजना निर्वाचित भएका छन् । भूगोलतर्फ दुईजना, खुल्ला र खसआर्य महिला तर्फ एक/एक जना निर्वाचित भएका हुन् । 

कांग्रेसको विधानअनुसार एक महिलासहित अनिवार्य दुईजना सदस्य निर्वाचित हुने भूगोलतर्फ जिल्लाका महाधिवेशन प्रतिनिधि हरि बराल र छुपीमाया गुरुङ निर्वाचित भएका हुन् । 

निर्वाचन मतपरिणामअनुसार जिल्लाबाट पुरुषतर्फ बराल र जिवनकुमार श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा भएकोमा बरालले पाँच सय ५९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले चार सय ६३ मत पाएका छन् ।

विधानअनुसार प्रदेश कार्यसमितिमा आठजना रहने खुल्ला सदस्यतर्फ लमजुङका दिपेश गौतम निर्वाचित भएका छन् । 

प्रदेश कार्यसमितिका लागि खसआर्य महिलातर्फ उम्मेदारी दिएका लमजुङका विष्णुमाया धिताल र सुस्मिता थापा अधिकारीमध्ये धिताल निर्वाचित भएकी छन् ।



प्रदेश कार्यसमितिका लागि आदिवासी जनजाती खुल्लातर्फ लमजुङका बद्रीमान श्रेष्ठ ५ सय मत प्राप्त गरे ।  



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ७:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया