यू-१९ एसिया कपका लागि क्यानले २० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ । क्यानले एसिसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो ।

क्यानले आइतबार सम्पन्न यू-१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । खेलाडीले बुधबारबाट प्रशिक्षण थाल्ने छन् ।

एसिया कप युनाइडेट अरब इमिरेट्स (युएई) मा २२ डिसेम्बरदेखि २ जनवरीसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।  

बन्द प्रशिक्षणमा परेका खेलाडी : देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउँद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ८:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया