अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औं वार्षिक रसिया-भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लीको भ्रमण गर्न लागेका हुन् ।
रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्ष अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा आफ्नो पहुँच बढाउन चाहन्छ । ‘भारत दशकौं पुरानो साझेदार देश हो । दुई देशका नेताबीच हुन लागेको शिखर भेटले राष्टपति पुटिन भारतसँगको सम्बन्धलाई थप महत्व दिन चाहन्छन्,’ उनी भन्छन् । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जोड दिएको उनको भनाइ छ ।
सन् २००० मा पहिलोपटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए । पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए ।
सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।