अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । 

उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्रयाटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । 

राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति बाइडेनले टिप्पणी गरेका छन् । 

पूर्वसैन्य अधिकारीसमेत रहेका डोल विश्वयुद्धका समयमा झन्डै मारिएका थिए । क्यानसस राज्यबाट प्रतिनिधित्व गर्दै उनी लामो समय सिनेटर बनेका थिए ।  

पूर्वराष्ट्रपति बाराक ओबामाले डोललाई युद्ध नायकको संज्ञा दिएका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १०:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया