प्रदेश-२ कांग्रेस अधिवेशन स्थगित

प्रदेश-२ मा नेपाली कांग्रेसको अधिवेशन तत्कालका लागि स्थगित भएको छ । अधिवेशन स्थगित भएको औपचारिक जानकारी आज दिइएको हो । 

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश-२ का निर्वाचन समितिका संयोजक रमेश रिजालले यो प्रदेशको निर्वाचन अब कांग्रेसको १४ औं महाधिवेशनपछि हुने जानकारी दिएका हुन् । 

देशका सातमध्ये ६ वटा प्रदेशमा कांग्रेस अधिवेशन सम्पन्न भइसकेको छ । सम्पन्न भएकामध्ये ४ वटामा संस्थापन पक्ष र २ वटामा संस्थापनइतर पक्षका सभापति विजयी भएका छन् । 

प्रदेश २ मा पार्टीको १४ औं महाधिवेशनअन्तर्गत सर्लाहीको सम्पूर्ण अधिवेशन हुन बाँकी रहेको छ भने सप्तरी क्षेत्र-४ को क्षेत्रीय अधिवेशन हुन सकेको छैन । 

त्यस्तै, महोत्तरी क्षेत्र नम्बर-३ को सम्पूर्ण परिणाम रद्द गरि पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ भने रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दासमेत नामावली आउन बाँकी रहेको छ । 

त्यस्तै, धनुषाको कमला नगरपालिका-६ को वडा अधिवेशनसमेत बाँकी रहेको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ११:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया