अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन बिस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।

जिल्ला इन्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । 

बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहराको अध्यक्षामा ५५ सदस्यीय, मेल्लेख गाउँपालिकामा ज्वालासिंह साउदको अध्यक्षमा ५५ सदस्यीय र साँफेबगर नगरपालिकामा रंगबहादुर ठकुल्लाको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा अमर विकको अध्यक्षतामा ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खड्क भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको छ । 

मंगलसैन नगरपालिकाका राजकुमार सोडारीको अध्यक्षतामा ६५ सदस्यीय तथा तृर्माखाद गाउँपालिकामा मनबहादुर बयकको अध्यक्षतामा ५५ सदस्यीय पालिका संगठन कमिटी गठन गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १२:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया