कांग्रेस निर्वाचनमा विद्युतीय मतदानको प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारी र सुझाबका लागि बोलाएको बैठकमा विद्युतीय मतदान गर्ने प्रस्ताव आएको छ । 

कांग्रसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले यससम्बन्धी प्रस्ताव राखेका हुन् । घिमिरेले सकेसम्म सबै पदमा त्यो नभए पनि केन्द्रीय सदस्यहरुको मतदानमा विद्युतीय भोटिङ प्रणली प्रयोग गर्न सुझाब दिएका छन् ।

उनको प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।  

कांग्रेसको विभिन्न पदमा निर्वाचन गर्न २९ वटा मतपत्र चाहिने भएको छ । मतदातालाई सुरुमा सभापतिको मतपत्र दिने, सो मतपत्र बाकसमा खसाएपछि क्रमशः उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतको मतपत्र उपलब्ध गराउने गरी तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १८:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया