जनप्रतिनिधिले नै जलाए नगरप्रमुख साहको पुत्ला

जनकपुरधाम उपमहानगरपालिकाका असन्तुष्ट जनप्रतिनिधिले नगरप्रमुख लालकिशोर साहको पुत्ला जलाएका छन् । सीताराम विवाहपञ्चमी महोत्सवपूर्व पनि नगरक्षेत्र पूर्णरुपले सफा नभएको भन्दै उनीहरुले नगरप्रमुख साहको पुत्ला जलाएका हुन् ।

सीताराम विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा परिक्रमा मार्ग नै सरसफाइ नभएको र श्रद्धालु भक्तजनलाई कठिनाइ हुने जानकारी सम्बन्धित निकायलाई गराइसके पनि नगरप्रमुख साहले बेवास्ता गरेकोले विरोधस्वरुप उनको पुत्ला दहन गरिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए । 

एक महिनापूर्व नै नगरप्रमुख साहलाई जानकारी गराउँदा समेत फोहोर नहटाएकाले बाध्य भएर पुत्लादहन गरेको वडाध्यक्ष साहले बताए । उनले वडा नम्बर ४ र ७ मा एक महिनादेखि फोहोर उठाउनका लागि मेयर साहले गाडी नपठाएको गुनासोसमेत सुनाए । 

विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरको पहलमा नगरप्रमुख साहले सरसफाइ अभियान चलाए पनि अहिले पनि नगरका विभिन्न ठाउँमा फोहोरको डंगुर थुपारिएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १८:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया