रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारत भ्रमणमा आएका रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

दुई नेताहरूबीच हैदरावाद हाउसमा छलफल सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पुटिन भारत–रुस वार्षिक सम्मेलनमा भाग लिन सोमबार अपराह्न उनी नयाँदिल्ली आएका हुन् ।

सन् २०१९ को ब्रिक्स सम्मेलनमा भएको साइडलाइन वार्तापछि पहिलोपटक दुई नेताहरूबीच भौतिक रूपमा भेट भएको हो । 

भेटमा रक्षा क्षेत्रको महत्वपूर्ण निर्णय हुने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २०:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया