बैतडीको पाटन नगरपालिका-७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप सोही नगरपालिका-१ को सकार थाल खोलामा भएकाे दुर्घटनामा मृत्यु हुनेको सख्या पाँच पुगेको छ ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी पाटन-१ की ४० वर्षीया जानकी भट्टराईको मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको हो ।
त्यस्तै, दुर्घटनामा पाटन नगरपालिका-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक, सूर्नया गाउँपालिका-४ घर भएका उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
घाइतेमध्ये मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको हो ।
दुर्घटनामा घाइते भएका ३८ वर्षीय विष्णु भट्टराई, १० वर्षीय दीपक भट्टराई र ४० वर्षीया गोविन्दी विकको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।