च्याम्पियनसिप खेल्न बंगलादेश प्रस्थान गर्दै यू-१९ महिला फुटबल टोली

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने जनाकारी दिएको छ ।

च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुनेछ । एन्फाले ढाका जाने  टोलीलाई सोमबार नै बिदाइ गरेको थियो ।  

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।

नेपाल अघिल्लो संस्करणको उपविजेता टोली हो । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंका तथा तेस्रो खेलमा भुटानको सामना गर्नेछ । 



यी खेल डिसेम्बर १५ र १७ मा हुनेछन् । नेपालले चौथो तथा अन्तिम खेलमा भारतसँग डिसेम्बर १९ मा  प्रतिस्पर्धा गर्नेछ  ।

सिङ्गल राउन्ड रोबिनमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । 



  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ७:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया