साउथ फिल्म 'पुष्पा'सँग डराएका अर्जुन कुमारको कहिले धम्की, कहिले आक्रोश

नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ ले आगामी पुस २ गतेलाई प्रदर्शन मिति पक्का गर्यो । यहि मितिमा साउथ फिल्म ‘पुष्पा’को विश्व बजारमा प्रदर्शन हुने भयो । ‘पुष्पा’ सोही मितिमा नेपालमा पनि प्रदर्शन गर्ने तयारी सुरु भएको छ ।

आफूले लिएको डेटमा साउथ फिल्म पुष्पाको प्रदर्शन तयारी थालिएपछि नेपाली निर्माता अर्जुन कुमार भने आक्रोशित देखिएका छन् । हिन्दीमा डबिङ गरिएको साउथ फिल्म नेपालमा आफूसँग जुधाएर वितरकहरूले नेपाली चलचित्र माथि खेलबाड गरेको अर्जुनले आरोप लगाइरहेका छन ।

अर्जुन कुमारले पुस २ मै ‘पुष्पा’ नेपालमा प्रदर्शन भएको खण्डमा आफ्नो चलचित्र प्रदर्शन नगर्ने बताएका छन् । उनले आफूले चलचित्र रिलिज नगर्नुका साथै अन्य नेपाली चलचित्र रिलिज नगर्नका लागि सचेत गराउने भएका छन् ।

 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १४:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया